एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी

१९ आश्विन २०८०, शुक्रबार १२:३७

काठमाडौं, १९ असोज– नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् ।

नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो । त्यस्तै उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् भने,गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए ।

कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आएको थियो । त्यस्तै उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याएका थिए ।

उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।