काठमाडौ, १८ असोज– नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ ।
उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाए सँगै ऐरीको पद सहायक हवल्दारमा बढुवा भएको हो ।
उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उनले मंगोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड बनाएका हुन् । उनले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान तोडेका हुन् ।
