जनयुद्धका घाइते गोलिबोकेको शरीर लिएर सडकमाउत्रिनु पर्ने हो ?: सांसद सापकोटा

१८ आश्विन २०८०, बिहीबार १६:५६


काठमाडौं, १८ असोज– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् ।

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले उनले एमाले अध्यक्ष केपीशर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकताथपचर्काउनेभन्दै आफ्नो भनाईमा पुर्नविचार गर्नु पर्ने बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनु भएनभने त्यो बैठक नै अगाडि जान सक्दैन ।

त्यसरी हेर्दा हाम्रो संविधानमा प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफदि स्टेट’का रूपमा लिइन्छ । यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर फेरि समाजमा हिँजो युद्धमा गएका सबै घाइतेहरूले गोलि बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?’

उनले २०६३ सालमंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रह समेत गरे ।

उनले समाजलाई अनुशासित बनाउनका लागि सामाजिक सञ्जालमा व्यक्तभइरहेका उच्छृंखलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसकालागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए ।