यो व्यवस्था कसका लागि ?: सांसद शाही

१८ आश्विन २०८०, बिहीबार १५:३९

काठमाडौं, १८ आसेज– राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो व्यवस्था कसका लागि ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै उनले त्यसका लागि सरकारले नै जिम्मेवार हुनुपर्ने बताए ।

‘आन्दोलन भनेको रहर हैन बाध्यता हो । यो देशमा शिक्षक आन्दोलनमा छन,कर्मचारी आन्दोलनमा छन्, चिकित्सक आन्दोलनमा छन्,धर्मको नाममा विभिन्न जातिय हिंसा र धार्मिक हिंसा भईरहेका छन् ।

निर्माण व्यवसायी, व्यापारी आन्दोलनमा छन,किसान आन्दोलनमा छन् । विद्यार्थिहरु सडकमा छन् । आज पनि चिकित्सक सुरक्षित छैनन् ।

अनि यो व्यवस्था कसका लागि ?’ उनले भने । यो व्यवस्थामा युवा खुसी भएको भए ८२ लाख युवा अर्काको देशका जानु पर्दैनथ्यो भने ।

यो व्यवस्था नेताका लागि मात्रै भएको तर्क गरेका उनले यो व्यवस्था न किसानको लागि ,न विद्यार्थिका लागि, न शिक्षाको लागि,न जनताको लागि ८८४ जना सांसद २३ हजार जनप्रतिनीधिका लागि मात्र उत्तम रहेको बताए ।