काठमाडौं, १८ असोज । मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु भएको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आज देखि धार्मिक विधिपूर्वक सुरु भएको हो ।
व्रतबस्नु अघि आजको दिन व्रतीमहिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाइ आफू पनिखाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोली बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल रही शनिबार व्रत सम्पन्न गर्ने छन् । यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ
व्रतबस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्नज लाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनिलगाउन दिनुपर्छ ।
व्रतको पहिलो दिनआज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । प्रत्येकमहिलाले अनिवार्यरुपमाआज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजकादिन कोदोको रोटी र माछा पाक्छ ।

त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउन भन्दा पहिल्यै व्रतीमहिलाओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खाने कुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दहीखाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ
पितृपक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । उपवास बसेकादिनमहिलाले डकार गरे अथवामुखले खकार वाजिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । फेरी एक पटक असफल भए कीव्रती आजीवनव्रत बस्न पाउँदिन ।
राजाशालिवहानको राज्यमा एउटी महिलाका सातजना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।
Video
