तीन सयले बढ्यो सुनको मूल्य

१७ आश्विन २०८०, बुधबार १३:३९


काठमाडौं, १७ असोज– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।