काठमाडौं, १६ असोज– नेपाली कांग्रेसका सांसद उदय समशेर जवराले दशै तिहारमा हुने कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले तीन महिनामा महङगी अत्यन्तै बढेको भन्दै दशै तिहार चाडपर्वमा हुने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमनका लागि सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने,‘यो तीन महिनामा महङगी अत्यन्तै बढेको छ । दशैको मुखमा गोलभेडा चिनी ,चामलको भाउ झण्डै २० प्रतिशतले बढेको छ ।
काठमाडौंको र अरु बजारमाकालो बजारी चलेको छ । दशैलाई ध्यानाकर्षण गर्दै नेपाल सरकारले बजार अनुगमन र कालोबजारीलाई कन्ट्रोल गर्न सरकारलाई आग्रह गर्न चाहान्छु ।’
