सरकारले हिंसालाई प्रोत्साहन गरेको अध्यक्ष ओलीको आरोप

१६ आश्विन २०८०, मंगलवार १५:५७

काठमाडौं, १६ असोज– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले, सरकारले संविधान दिवसको वहानामा अपराधीलाई छोडेर हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने सरकारले हिंसाका घटनालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाएका हुन् ।

संविधान दिवस भन्ने पारेर फागुन १ गतेको उत्सवमा एसिड प्रहार गर्ने अपराधीलाई छोडिएको उनको दाबी छ । एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने अनि हिंसा र त्यस्ता घट्ना प्रोत्साहन गर्न अपराधी लाई चार वर्ष पनि भएको छैन् ।

कानुन कडा ल्याईया् भनेर खुःसीमनाईयो तर सरकाले अस्ति छोड्दियो ।’ उनले भने ‘फागुन १ गतेको उत्सवमा छोड्यो कि, न संविधान दिवस भन्ने पारेर छोड्यो कुन दिन त्यत्ति यादभएन ।’

उनले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार भएको दाबी गरे । उनले विकासकाकामहरुलाई ठप्प पार्ने ,चलिरहेका आयोजनाहरू रोक्ने र भुक्तानीनदिने जस्ता काम सरकारबाट भएको टिप्पणी गरे ।

उनले भने,‘उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् । सरकारले भुक्तानी दिदैन्। त्यसैले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् हामी सबैलाई थाहा छ वास्तवमै यी सरकारहरु चरम अनुत्तरदायी गैर जिम्मेवार देखिएका छन् ।

स्वेच्छा चारी देखिएका छन् । विकास विरोधी देखिएका छन् । विकासका कामहरुलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । भुक्तानी दिएको छैन् । उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् सरकारले भुक्तानी नदिएर ।’