नेप्समा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

१६ आश्विन २०८०, मंगलवार १५:१७

काठमाडौं, १६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा एसबीआई बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ सूचीकृत भएका छन्।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रलाई नेप्सेले ‘एसबीआईडी८९’ कारोबार संकेत प्रदान गरेको छ। भोलिदेखि यो ऋणपत्र कारोबारमा आउनेछ।