संसदमा आज ओलीले सम्बोधन गर्ने

१६ आश्विन २०८०, मंगलवार १२:५६

काठमाडौं, १६ असोज– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले बोल्नका लागि समय माग गरेको संसद सचिवालयले जानकारी गराएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले ओलीले आजको बैठकमा बोल्न समय मागेको पुष्टि गरेका छन ।

उनले भने ‘प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नु भएको छ ।’