काठमाडौं, १६असोज– डिजिटल पेन्ट्सले चाडपर्व लक्षित उपहार योजना ल्याएको छ । ‘डिजिटल हर्ष,उपहारको वर्षा’अन्र्तगत चाडपर्व लक्षित उपहार योजना ल्याएको डिजिटल पेन्ट्ले सिमेन्ट,प्राइमर, इनामेल, वालपट्टी, गोल्ड पेन्ट्स, आल्मुनियम पेन्टस तथाइमलसन पेन्ट्स लगायतका सामग्री खरिद गर्दा आकर्षक उपहारको योजना दिइएको जनाएको छ ।
ग्राहकहरुलाई सर्वसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको दाबीगर्दै पेन्ट्सले उपहार योजना अन्र्तगत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई,दितिय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतिय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदानगर्ने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले जानकारी दिएका छन ।
साथै सान्तवना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडि र बम्पर उपहार अन्र्तगत १ जनालाई नगद १ लाख रुपैया प्रदान गरिने आचार्यले जानकारी दिएका छन ।
डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठुला सहर गरी ८० भन्दाबढि आधिकारीक डिलरहरु मार्फत ग्राहकहरू लाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउदै आएको आर्चायको दाबीछ ।
कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वालपट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्रीवितरण गर्दे आएको छ।
जर्मन प्रतिधिवाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्यावबाट गुणस्तरीय सामग्रीमात्र बजारमा उत्पादन तथा बिक्रीवितरण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देबिप्रसाद गौतमले जानकारी दिए ।
