काठमाण्डौ, १६ असोज । सुनको भाउ आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकोे छ ।
सोमबार (हिजो) पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसगरी, अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
