काठमाडौ, १५ असोज– काठमाडौको गौशालामा गोली चलेको छ । जिल्ला प्रहरी परिसर श्रोतका अनुसा एक व्यक्तिमाथि सोमबार बिहान गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाइते ती व्यक्तिको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको खुट्टामा गोली लागेको छ ।
गोली प्रहार गर्ने व्यक्ति भने फरार भएका छन् । उनले घटनास्थलमै कटुवा पेस्तोल छाडेर गएका छन् ।
