८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद

१५ आश्विन २०८०, सोमबार १३:५४

काठमाडौं, १५ असोज– सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुर बाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।

प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । बरामद रेडियो सेट आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।