खानापकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँले मूल्यवृद्धि

१४ आश्विन २०८०, आईतवार १५:५६


काठमाडौं, १४ असार– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खानापकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँबढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो मूल्य वृद्धिसँगै ग्यासको मूल्य प्रति सिलिण्डर २११० रुपैयाँपुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजे पछि लागू भएको हो ।