नेकपा एमालेले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ मा गर्ने भएको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत सो पार्टीले मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजानिक गरेको हो ।
२४ गते महेन्द्र नारायण निधिमिथिला सांस्कृति केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुदघाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधी हरुको सहभागिता रहने भट्टराइले बताएका छन ।
पत्रकार सम्मेलनमा एमालेका सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले, विगतको छ वर्षको मुल्याङ्क नगर्दा एमालेको सरकार बिनामधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेको दाबीगर्दै यही नारा बोकेर २०८४ को चुनावमापनिजाने बबताएका छन । आफुहरुले सरकारको नेतृत्वपाउननसक्दामधेश जस्ताको त्यस्तै रहेको भट्टराईको दाबी छ ।
