राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलोसम्म सुन ल्याउन दिने

११ आश्विन २०८०, बिहीबार १०:३९

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ ।

केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रह अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णय सहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो ।

सोही अनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।