काठमाडौं, १० असोज– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समितिमा प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्ने बताएका छन् ।
आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उनले जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताका विषयमा उठाएका प्रश्नहरु आफूहरुको ‘मसला’ भएको बताएका छन ।
उनले भने, ‘माननीयज्युहरुले प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्नेछ । सार्वजनिक सरोकारका विषयबस्तुहरुमा जनताले आर्थिक अनुशासन र वित्तीय जवाफ देहिताको विषयमा उठाएको प्रश्नहरु हाम्रा मसला हुन् ।’
उनले उपसमितिले तत्काल काम सुरु गर्ने र त्यसको लागि सचिवालयले आवशयक व्यवस्थापन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए । समितिको बैठकमा अनुपस्थिति वा काम गर्ने कुरामा कन्जुस्याई गर्न नहुने उनको भनाई छ ।
