कुम्भ मेला फर्नेक्स २०२३ सुरु, एकै छानामुनि सयौँ उत्पादन यो खुसीको कुरा हो: मन्त्री रिजाल

१० आश्विन २०८०, बुधबार १६:३५

काठमाडौं, १० असोज– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले फर्निशिङका उत्पादनको कुम्भ मेलाले घरको आकर्षण बढाउने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल फर्निचर तथा फर्निशिङ संघद्धारा आयोजित फर्नेक्स नेपाल २०८० समुद्घाटन समारोहमा उनले आकर्षण बढेसँगै यसले आर्थिक वृद्धि पन हुने बताए ।

उनले भने, ‘यसले घरलाई आकर्षक बनाएसँगै आर्थिक अवस्थामा पनि वृद्धि हुन्छ । यो भनेको खुसीको कुरा हो । सरकारले आयात घटाउने र निर्यात बढाउने कुरालाई प्राथमिकता दिँदै आएको छ ।’

नेपाल फर्निचर तथा फर्निशिङ संघ ९एनएफएफए० को आयोजनामा फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला फर्नेक्स २०२३ सुरु हुने भएको छ ।

उनले भने, ‘के हामी आत्मनिर्भर छौं भन्ने नाराका साथ सुरु भएको, एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किड कोवलने शीर्ष प्रायोजन गरेको छ ।

१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निशिङ सामग्री, उत्पादक, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्री वितरण गर्नेछन् ।

एक्स्पो स्थलमा ने सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।