काठमाडौ, १० असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन ।
ओलीले आज बुधबार आफ्नो फेसबुक पेजमा पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन ।
उनले दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् । साथै उनले आफ्नो जिवना डाक्टरले ठुलो भुमिका खेलेको पनि बताएका छन ।
उनले डाक्टरको महत्त्व स्वयंले आफ्नो जीवनमा महसुस गरेको पनि बताएका छन । ‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु ।
आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’
