सेयर बजार ओरालोतिर, सामान्य अंकले घट्यो

८ आश्विन २०८०, सोमबार १७:४८

काठमाडौ, ८ असोज– आज सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट भएको छ । नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा पुगेको हो।

नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। आज २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँमा खरिदबिक्री रहेको भयो।

आइतबार २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो। आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार ।

माइ खोला हाइड्रोपावर,एसियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रहेको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड र एनआईसी एसिया बैंकको ४ करोड बढी मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये २ बाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।

हाइड्रोपावर र म्युचुअल फण्डको सेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको सूचक नकारात्मक देखिएका हुन्।