पार्टी बैठक लाइभ गर्न भएन: नेता भण्डारी

८ आश्विन २०८०, सोमबार १४:०८

काठमाडौं, ८ असोज– कांग्रेस नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् । आज सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा हैइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’

उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताएका छन । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरु यस्तै घटनाले देशलाई राम्रो नगर्ने बताएका छन ।

हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ ।