काठमाडौं महानगरले सबै मान्छेको समस्या समाधान गर्न सक्दैनः उपमेयर डंगोल

८ आश्विन २०८०, सोमबार १३:१३

काठमाडौ, ८ असोज– काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन ।

आज सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन । उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै नीति बनाउनुपर्ने बताएकी छन ।

उनले भनिन्, ‘यो महानगरपालिकाको मात्र नभइ सबै प्रमुख शहरहरूको समस्या हो। यसमा केन्द्र सरकारले नै एउटै नीति ल्याउनुपर्छ। काठमाडौं महानगरपालिकाले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन ।

’उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाव आवश्यक नरहेको पनि बताएकी छन्। फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः एक सातादेखि महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ।

ईः ले उठाएको मागको सम्बोधन गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा उपमेयर डंगोलले भनिन्, ‘ईः ले कसैले दबाब दिन पर्दैन। कार्यपालिकाको निर्णयअनुसार काम भइरहेको छ।’