नेपाली सेनाका प्रधान सेनापति शर्मा आज भारत जादैँ

७ आश्विन २०८०, आईतवार १०:३५

काठमाडौं, ७ असोज । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा आज भारत जादैँ छन् ।

१३औं संस्करणको असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘इण्डो–प्यासिफिक आर्मीज चिफकन्फ्रेन्स’मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जानलागेको सेनाले जनाएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिहरुको सहभागीता रहने छ । सम्मेलनमा आपसीहित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।