सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता सुरु

५ आश्विन २०८०, शुक्रबार १५:५३

काठमाडौं, ५ असोज– सरकार र आन्दोलनरत शिक्षक संगठन बीच वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा केहीबेर अघि वार्ता सुरु भएको शिक्षा मन्त्री अशोक राईको सचिवालयले जनाएको छ । गत असोज ३ देखी देशै भरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले समाधानका लागि शिक्षकहरुसँग वार्तामा बोलाएको हो ।

बिहीबार उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बीच भएको वार्ता निष्कर्ष विहीन भएको थियो ।