कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु

४ आश्विन २०८०, बिहीबार १४:१४


काठमाडौं, ४ असोज– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदैछ । सचिवालयका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ भने मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।

यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुनेछन् ।