घट्यो युरो र पाउण्डको भाउ

४ आश्विन २०८०, बिहीबार १३:४१


काठमाडौं, ४ असोज– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज युरो र पाउण्डको भाउ घटेको छ ।

आजअमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसामा झरेको छ ।

हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।