शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू ध्यान जानुपर्छ: पूर्ण बहादुर खड्का

२ आश्विन २०८०, मंगलवार १४:२२

काठमाडौं, २ असोज– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला हरूको विशेष ध्यान जानुपर्ने बताएका छन् ।

उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेस्ट पहल हुनुपर्ने बताए ।

उनले भने, ‘व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिँदै आएको छ । विद्यार्थीलाई यसतर्फ आकर्षण गरी स्वदेशमै अवसर प्रदान गर्न सकिन्छ ।

यसका लागि हामीले प्राविधिक तथा व्यावसायिक शिक्षालाई तालिम र सिप विकास गरेका छौं । शिक्षालयहरूको गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेस्ट पहल हुनुपर्छ ।

’उनले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न मेडिकल कलेजहरूको अहम भूमिका रहने भएकाले सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

शिक्षा क्षेत्रको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले निजी क्षेत्रको प्रवद्र्धनका लागि सरकारले अगाडि बढाएको विद्यालय शिक्षासम्बन्धी विद्येयक संसद्मा दर्ता भईसकेको जानकारी दिए ।