काठमाडौं, १ असोज– भाद्र शुक्ल तृतीयाका दिन मामनाइने हरितालिका (तीज) पर्व आज तिर्थालुहरुले देवादिदेव महादेवको पूजा आराधना मनाइरहेका छन् ।
पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठुलो भिड छ । काठमाडौंको पशुपति, डोलेश्वर, कुम्भेश्वर, भालेश्वर लगायतका महादेव मन्दिर उपत्यका बाहिरका विभिन्न मन्दिरमा दर्शनार्थीले पुजा गरी नाचगान गरिरहेका छन्।
यसैबीच काठमाडौंको पशुपति नाथमा आज अपरान्ह पाँचबजे सम्म झण्डै पौने तीनलाख दर्शनार्थिले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले, भने ‘ अपरान्हपाँच बजेसम्म करिब पौने ३ लाखले दर्शन गरेका छन् ।
अब बेलुका ९ बजेसम्म तीन लाखले दर्शन गर्ने अपेक्षा छ ।’ पशुपति दर्शनका हिसावले अहिले सम्मकै व्यवस्थित तीजपर्वको रुपमा दर्शनार्थीले व्याख्या गरेको उनले बताएका छन ।
भाद्र शुक्लतृ तीयावा आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्तिहुने धार्मिक विश्वास रहेको छ ।




