काठमाडौं, १ असोज– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालकालागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् ।
सिंहदरबार स्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीयहित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।
भेटकको क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तब्यको रुपमारहेको अष्ट्रेलियाले छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वितहुन सक्ने बताएकाथिए ।
विद्यार्थीहरू सँगै विभिन्न पेशा र ब्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्षतिमिल्सिनाले अष्टे«लिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभलिन सक्ने बताएको उनको सचिवालयले जनाएको छ ।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराएकी थिइन् ।
नेपाल लाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताएकी उनले आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे समेत अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएकी थिइन् ।
