कान्तिबाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरण: दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२९ भाद्र २०८०, शुक्रबार १६:५४


काठमाडौं, २९ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले,कान्तिबाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् ।

शुक्रबार संसदमा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे, जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले बालिकाको उपचारको क्रममा ज्यान जानुमा व्यवस्थापकीय कमजोरी देखिएको बताएका हुन् ।

कान्तिबाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागिभर्ना भएकी मकवानपुर स्थायी ठेगानाभई काठमाडौं बाफल बस्ने ५ वर्षिय बालिका रेजिशा गोपालीको आकस्मीक कक्षमा उपचारका क्रममा मृत्यु हुनु दुखद भएको उनले बताएका छन ।

अस्पताल बाट ५ दिनको समय दिएर तीन सदस्य छानबिन समितिगठन गरिएको र सो समितिले आफ्नो प्रतिवेदन बुझाएको जानकारी दिएका उनले भने ‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्ति कै भरमा पनि विषयवस्तु प्रति जनतहको संवेदनशीलता प्रस्तुतहुनु पर्ने थियो ।

त्यो गर्न नसकिएको तितो यथार्थ उल्लेख गर्दै अस्पतालले विगतदेखि महशुस गरेका तर तत्काल सुधारका बाटो कार्यान्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेश गरेको छ ।’