प्रधानमन्त्री र चिनीयाँ राष्ट्रपति शीबीचको भेट हाङजाओमाहुने

२९ भाद्र २०८०, शुक्रबार १६:३३

काठमाडौं, २९ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, चिनियाँ राष्ट्रपति शीजिन पिङसंग हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।

आफ्नो आसन्नचीनभ्रमणबारे संसदलाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिएका हुन् ।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सदनलाई जानकारी गराए । लगतै १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

आफ्नो प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीनजाने कार्यक्रम छ ।