काँग्रेस नेता यादव माथि भएको खुकुरी आक्रमणप्रति सरकार गम्भीर छ: प्रधानमन्त्री प्रचण्ड

२९ भाद्र २०८०, शुक्रबार १५:२८

काठमाडौं, २९ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एव्ं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस नेता महेन्द्र यादव माथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमालिएको बताएका छन् ।

आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले आसन्न अमेरिका र चीन भ्रमण बारे जानकारी दिन उपस्थित भएका उनले,पूर्वमन्त्री माथिको आक्रमणबारे सरकार गम्भीर भएको बताएका हुन् ।

आक्रमणकारी लाई प्रचलीत कानून बमोजिम कारबाही गर्ने भन्दै यसप्रकारका घटना दोहोरिन नदिन र शान्ति व्यवस्था मिलाउँन सरकार दृढ र प्रतिवद्ध रहेको उनले बताए ।

उनले भने, ‘ काङ्ग्रेसका नेता महेन्द्र यादव माथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारी लाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउन चहान्छु ।

यस प्रकारका घटना दोहोरिन नदिन र शान्ति व्यवस्था मिलाउँन सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी गराउँछु ।’यस्तै, उनले सुन तस्करीको विषयलाई उठाउँदै सहमति अनुसार उच्च स्तरीय छानविनआयोग बनाउँने प्रक्रिया अगाडि बढेको जानकारी पनि गराएका छन्।