अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीः भ्रमण टोली छरितो बनाएको छु

२९ भाद्र २०८०, शुक्रबार १४:४४

काठमाडौं, २९ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।

आज (शुक्रबार) संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताएका छन् ।

उनले भने ‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधि मण्डल बनाइएको छ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थानगर्न लागेका प्रधानमन्त्री दाहालले, .टोली सानो बनाइएको जानकारी गराएका छन ।

सो भ्रमणका क्रममा आफूले संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेका जलवायु परिर्वतन लगायतका विषयमा महत्वपूर्ण साइड लाईन वार्ता गर्ने अवसर प्राप्त गरेको उनले बताएका छन ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा उनले आफ्नो चीन भ्रमणबारे पनि जानकारी गराए ।