सर्वोच्च अदालतकालागि प्रस्तावित शर्माको नाम सर्वसम्मत अनुमोदन

२९ भाद्र २०८०, शुक्रबार १४:३८

काठमाडौं, २९ भदौ– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

आज शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरूद्ध एउटा पनि उजुरी नपरे पछि आजसिधै सुनुवाइभएको हो ।