नेपाली राजनीतिमा नेम्वाङको अभाव आजैबाट सुरु भयो सचेतक बर्तौला

२८ भाद्र २०८०, बिहीबार १८:२२

काठमाडौं, २८ भदौ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपाली राजनीतिमा सुवास नेम्वाङको महशुस आज ैबाट सुरु भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शोक पारित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली राजनीतिमा उहाँको महशुस आजैबाट सुरु भइसक्यो’ उनले भने, ‘नेपालको यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्छ ।’

सिंङगो देशले निकै ठूलो अभाव महसुस गर्ने उनको भनाई छ । उनले युवा पुस्ताका लागि नेम्वाङ विश्वविद्यालयसरह भएको बताए ।