काठमाडौं, २८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अभावमा नेपाली राजनीतिमा केही अप्ठयाराहरु आउन सक्ने बताएका छन् ।
आज बिहीबार प्रतिनिधि बैठकमा शोक प्रस्ताव पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले यसपटक आफूहरु राष्ट्रिय मुद्दाहरु टुङ्ग्याउने तरखरमा रहेका अवस्थामा नेम्वाङको निधनले मर्माहत बनाएको बताएका छन ।
उनले भने, ‘यो पाली हामी राष्ट्रिय मुद्दाहरु टुङ्ग्याउने तरखरमा थियौं । अस्ति भरखरै मात्र उहाँले हामीलाई केही जिम्मेवारी दिनु भएको थियो ।
हामी काम गर्दै थियौं । काम लगभग टुङग्याउनै लागेका थिायौं तर उहाँको निधनले नराम्रो बनायो । उहाँको अभावमा ती मुद्दाहरु टुङ्ग्याउन केही अप्ठयाराहरु आउन सक्छ ।
’उनले नेपालको राजनीतिमा सहमति, समन्वय र कार्यान्वयन गर्न सक्ने कुशल थोरै नेतामध्ये नेम्वाङ एक भएको बताए ।
