काठमाडौं, २८ भदौ– राष्ट्रियसभा बैठक संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ ।
आज बिहीबार बसेको बैठकमा अध्यक्ष गणेश तिमलसिनाले शोक प्रस्ताव पारित भएको बताउँदै असोज १२ गते दिउँसो १ बजेर १ मिनेट बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सभाको यो बैठक भदौं १२ गते दिउँसो १ बजेर १ मिनेटका लागि स्थगित हुन्छ ।’अध्यक्ष तिमलसिनाले नेम्वाङको निधनप्रति शोक प्रकट गर्दै भने, ‘संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भदौं २६ गते निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।
’बैठकमा नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।
