पशुपति पुर्याइयो नेम्वाङको पार्थिव शरिर

२८ भाद्र २०८०, बिहीबार १२:०८

काठमाडौं, २८ भदौ– संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरिरलाई पशुपति लगिएको छ ।

आज (बिहीबार) बिहान नेम्वाङको निवास बालुवाटार बाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको हो ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको छ । मंगलबार निधन भएका नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन् ।