यसरी भयो सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्तिम विदाई (फोटो फिचर)

२८ भाद्र २०८०, बिहीबार ११:५३

काठमाडौं, २८ भदौ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु भएको थियो । नेकपा एमाले पार्टी कार्यलयका अनुसार शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म रहेको छ ।