काठमाडौं, २७ भदौ- नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसले, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा मसल जुलुस निकालेको छ।
बुधबार नेविसंघले त्रिचन्द्र क्याम्पसले, क्याम्पसमै मसाल जुलुससहित बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी विश्वनाथ खरेलले पूर्व मन्त्रीसमेत भएको व्यक्ति देशमा सुरक्षित छैन भने आम नागरिकलाई कसरी सुरक्षित हुन्छ भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।
उनले भने, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवमाथि भएको खुकुरी प्रहारको विरुद्धमा यो सरकारको गृहमन्त्रीले न्याय दिलाउन नसकेको, पूर्व मन्त्रीसमेत भएको व्यक्तिलाई यस्तो हुन्छ भने आम नागरिकलाई यो देशले सुरक्षा कसरी दिन सक्छ भन्ने गृहमन्त्रीमाथिको यो प्रश्न यो यदि सुरक्षा दिन सक्दैन भने राजीनामा दिनु भन्नको लागि नै हाम्रो आन्दोलन हो ।’
उनले गृहमन्त्रीको सत्ता र कुर्सि धेरै दिन नटिक्ने चेतावनीसमेत दिए ।
यस्तै उक्त जुलुसमा सहभागी शिशिर पाण्डेले पनि गृहमन्त्रीले जनताको सुरक्षाको प्रत्याभूती दिन नसकेको भन्दै गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए ।
