काठमाडौं, २७ भदौ– नेपाल बुद्धिजीवी परिषद्ले, संविधान सभाका अध्यक्ष तथा नेपाल बुद्धिजीवी संस्थापक केन्द्रीय सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति दुःखव्यक्त गरेको छ ।
परिषद्ले एक विज्ञप्ति निकालरे संविधान सभाका अध्यक्ष तथा नेपाल बुद्धिजीवी परिषद्का संस्थापक समेत रहेका नेम्वाङको निधन प्रति दुःखव्यक्त गरेको हो ।
२०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन पछि पूर्न स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधान सभामा अध्यक्षको रुपमा उहाँले खल्नुभएको नेतृत्वदायी भूमिका मुलुकका लागि स्मरण योग्य भूमिका खेलेको जारी विज्ञप्तिमा उल्लेख छ ।
परिषद्का अध्यक्ष डा निदेश चन्द्र देवकोटाले नेपालको शान्ति प्रक्रियामा नेम्वाङको स्मरणीय भूमिका रहेको बताएका छन् । ‘नेपालको शान्तिप्रक्रिया र संविधान सभा बाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको सुझबुझ पूर्ण ढंगले सबै पक्षसंग सहज संवादका माध्यम बाट सहमति, सहकार्य एंव एकताकायम गराएर विवादनिरुपण गर्ने शैली बुद्धिजीवी परिषद्का लागि अनुकरणीय छ ।’
उनले भनेका छन् । ‘राष्ट्रले एक सिद्धान्त निष्ठ, शालीन, देशभक्त, इमान्दार नेता गुमाएको छ । त्यसैगरी, नेपाल बुद्धिजीवी परिषद्को स्थापना र यसको श्री वृद्धिमाजीवनको अन्तिम समयसम्म खेल्नुभएको भूमिका अतुलनीय छ ।
नेपाल बुद्धिजीवी परिषद् नेम्वाङको दुःखद् यस घडीमा स्वर्गीय उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकटगर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ,’ जारी विज्ञप्तिमाउल्लेख छ ।
