परिणाममुखी कामका लागि जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

२७ भाद्र २०८०, बुधबार १६:४१

काठमाडौं, २७ भदौ– नेकपा (मओवादी केन्द्र)का अधयक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनता लाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारी तन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जिम्मेवारी बाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्या देश अनुसार जोखिम उठाउन आवश्यक भएको बताएका छन ।

उनले भने, “हामी सबैले जिम्मेवारी बहन गर्ने तिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ ।

नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ । यो आफैमा राम्रो सुरूवात हो । तर, राम्रो परिणाम ल्याउनआउने दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ ।

त्यसरी मात्र परिणाम दिन सकिन्छ।” कार्यक्रममा प्रधानमन्त्रीकार्यालयका सचिव डा.गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको “आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा”शीर्षकको रिपोर्ट कार्डमा गतवर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परि सूचकहरूमा राम्रो सुधार आएको उल्लेख छ ।

आ.ब. २०७८\०७९ मा भुक्तानी सन्तुलन २५५.२६ अर्ब ऋणात्मक रहेकोमा आ.ब. २०७९\०८० मा सुधार आई २९०.५२ अर्ब भएको छ।

त्यसैगरि वैदेशिक विनिमय सञ्चिति १२१५.८ अर्ब रहेकोमा यस आर्थिक वर्षमा १५३९.३६ अर्ब रहेको, रेमिट्यान्स प्राप्तिगतवर्ष १००७.३१ रहेकोमा यस वर्ष १२२०.५६ अर्ब रहेको सरकारको तथ्यांक रहेको छ ।

त्यसैगरि आर्थिक वर्ष २०७८ ०७९ मा आयात १३१.३ अर्ब रहेकोमा यस वर्ष १२९.२ अर्ब, निर्यात १४.८ अर्ब रहेकोमा यस वर्ष १३.५ अर्ब रहेको, व्यापार सन्तुलन ११६.५ अर्ब ऋणात्मक रहेकोमा यस वर्ष पनि ११५.७ अर्ब ऋणात्मक देखिएको छ ।

त्यस्तै बजेट खर्च २०७९ श्रावणमा १.२४ प्रतिशत रहेकोमा २०८० श्रावणमा १.९ प्रतिशत देखिएको छ । रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालय हरू आर्थिक वर्ष २०८० ०८१ मा सम्पादन गरेका कामहरू र त्यसको प्रगतिविवरण उल्लेख गरिएको छ ।

यस आर्थिक वर्षमा अर्थ मन्त्रालयले नयाँ भन्सार ऐन मन्त्रि परिषदमा पेश गरेको, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु घरेलु तथा साना उद्यम विकास कार्यक्रम प्रवद्र्धन गर्न नीतिको मस्यौदा तयार पारिएको, भैरहवा विशेष आर्थिक क्षेत्रमा ३३ केभिए सबस्टेशन निर्माण गरिएको, सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए सवस्टेशन निर्माण भएको कार्डमा उल्लेख छ ।