महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण: मन्त्री रिजाल

२७ भाद्र २०८०, बुधबार १५:०१

काठमाडौं,२७ भदौ–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

साल्ट टे«डिङ्गको ६१ औं वार्र्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट टे«डिङ्गले कामगर्दै आएको भन्दै मूल्य समायोजनामा यो संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘आम जनताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गर्न पाउँन पर्छ भन्ने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा यस संस्थाले अब्लम्बन गरिरहेको छ ।

मूल्य वृद्धिले उपभोक्ता लाई मार नपरोस भनेर सरकारले नियमित बजार अनुगमन गर्नुको साथै आफू अन्तरगतका संस्थाहरु मार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको छ र त्यसमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण छ ।

’यस्तै, उनले आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न सके संस्थाको महत्वअझै बढ्ने बताए ।