काठमाडौं, २७ भदौ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरी हरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् ।
बुधबार काठमाडौंको थापाथली स्थित प्रसूति अस्पताल बाट खोप अभियानको उद्घाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउने गरी सुरुवात गरेको बताए ।
उनले भने, ‘किशोरीहरू लाई पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क खोप ‘अत्यन्तै जटिल रोगको समस्या र जति न्यूनीकरण गर्दा गर्दै देखि रहेको अवस्था मा भएकाले यो रोग नलागोस् भन्नका लागि सिमित श्रोत र साधनको हिसाबले सुरुवात गरेका छौं ।
उमेर समूह लाई ध्यानमा राखेर दिइने खोप ७७ वटा जिल्लाका सबै किशोरी हरूले पाउनु पर्छ । यसको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पहल गर्छ ।’
उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवा जसरी पनि सुरु गर्नुपर्ने बताएका छन । ‘एचपीभी’ खोप आज देखि निःशुल्क लगाइँदै छ ।
एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
