काठमाडौं, २७ भदौ– प्रहरीले वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी छिन् । चौधरीले उत्तम राजवंशी लाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिने प्रलोभन मा पारी दुईलाख बहत्तर हजार रुपैयाँ ठगी गरेकी हुन् ।
प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा सिनामंगल बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको जानकारी दिएको छ ।
