तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ कुन तरकारीको मूल्य कति ?

२७ भाद्र २०८०, बुधबार ११:३३

काठमाडौं, २७ भदौ– कालीमाटी फलफूल तथा तरकारी बजार विकाससमितिलेआज बुधबारका लागिफलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ ।लोकल सानो गोलभेँडा५०रुपैयाँ प्रतिकेजी रहेकोछ । यस्तै रातोआलुकोमूल्य ५६ रुपैयाँर भारतीयसुकेको प्याजप्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।आज स्थानीय काउलीको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउकोमूल्य ३०० रुपैयाँमा विक्रि भएको छ । गाजरको मूल्यभने प्रतिकेजी १३०रुपैयाँमा विक्रि भईरहेको छ । घिउ सिमी लोकल ५०,भन्टा लाम्चो४०,मकै बोडी८०, भटमासकोशा ११० रुपैयाँ तोकिएको छ । तितो करेला ९०, लौका ३०, परवल ४०,घिरौला ३०,फर्सी पाकेको ५०,काँक्रो लोकल ८०,स्कूस २५, प्याज हरियो १५०,रायो साग ९०,कुरीलो ४५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्यप्रतिकेजी ३२० नै कायमछ । कागती१९०, अनार प्रतिकेजी ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ६०, मौसम १५०,कालो अंगुर ४५० र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।