एक्स्टर्सनको आरोपमा एक जना पक्राउ

२६ भाद्र २०८०, मंगलवार १८:४४

काठमाडौं, २६ भदौ– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक्स्टर्सनको आरोपमा एक जना लाई पक्राउ गरेको छ ।

पीडित लाई कुटपिट गरी जवरजस्ती बिस लाखको चेक र आठ लाख पचास हजारको कागज गराई अपराधिक लाभलिने कार्यमा संलग्न काठमाडौं महानगरपालिकाव– ३२ बस्ने ३३ वर्षको सुरज कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काँडाघारी स्थित घरजग्गा कारोबार तथाड्राइभिङ्ग सेन्टर संचालन गर्ने कार्यालयमा पिडितलाई राखीबोल्न कराउ ननदिई बोले कराए माज्यान लिनेसम्मको धम्कीदिएको राखेका थिए ।

श्रेष्ठलाई २५ गते काँडाघारी बाट पक्राउ गरी २६ गते आपराधिक लाभ (एक्स्टर्सन) लिननहुने कसूरमा थप अनुसन्धान तथा कारबाही का लागि जिल्ला प्रहरी परिसर, काठमाडौ पठाईएको छ ।

सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको छ । सुरज कुमार श्रेष्ठ जवरजस्ती करणीमुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डा गर्दीमा समेत संलग्न रहेको ।