राष्ट्रले क्षमतावान नेता गुमायो: एमाले नेता पन्त

२६ भाद्र २०८०, मंगलवार १८:०८

काठमाडौं, २६ भदौ– नेकपा एमालेका नेता रघुजी पन्तले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रले संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता गुमाएको बताएका छन् ।

आज नेकपा (एमाले)को पार्टी कार्यालयमा नेम्वाङ् प्रति श्रद्धान्जली व्यक्तगर्दै उनले नेम्वाङ् राजनीतिक परिपाटीका भावना लाई र संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता भएको भन्दै उनको निधनले ठुलो क्षतिपुगेको बताएका छन ।

उनले भने, ‘राजनीतिक परिपाटीका भावना लाई बुझ्ने र संविधानको पनिमर्म अनुसार त्यसको व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमता भएको नेता हुनुहुन्थ्यो, नेपालले त्यो हाईटको नेता नै पाएको थिएन् ।

राष्ट्रलाई प्रतिनिधित्व गर्न सक्ने जुन व्यक्तित्व थियो त्यो मुलुकको लागि एकदमै ठूलो क्षतीहो । व्यक्ति त एकदमै मिलनसार र राजनीतिकविवादमा पनि बीचको बाटो निकाल्न सक्ने हुनुहुन्थ्यो ।

’यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले राजनीतिक इतिहासको परिवर्तनको लागि ठूलो योगदान गर्ने व्यक्तिको निधनभएको बताईन् ।

उनले भनिन्, ‘राजनीतिक इतिहासको लागि परिवर्तनको ठूलो योगदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई स्मरण गर्नुपर्ने धेरै विषयहरु छ ।

युवा पुस्तालाई राजनीतिमा आउँनु पर्छ भन्ने र विधि र कानूनको परिधिभित्र रहेर हामीले राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने धारणा उहाँको थियो ।’