काठमाडौ, २६ भदौ– त्रिभुवन विमानस्थल बाहिरबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौको विशेषटोलीले मंगलबार एक किलो अवैध सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त सुन राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी छ । स्रोतले विदेशबाट जहाजमा अवैध सुन ल्लाइएको सूचना दिएपछि प्रहरीपहिल्यै परिचालित भएको थियो । त्यसबारे प्रहरीले विस्तृतमा केही बताएको छैन ।
